एमाले महाधिवेशनः सौराहामा सुरु भयो मतदान

नेकपा एमालेको दसौं महाधिवेशन क्रममा केही सदस्य तथा पदाधिकारी छान्न निर्वाचन सुरु भएको छ । आज साँझ अन्तिम नामावली प्रकाशन भएपछि निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । 

यसअघि सोमबार राति ९ बजेबाट निर्वाचन सुरु गरिने बताइएको थियो । तर, निर्वाचन २ बजे सुरु हुने गरि नयाँ समय ल्याइएको थियो ।

निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ । त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन हुनेछ । अरू सबै पदमा सर्वसम्मत भएको छ ।

अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावल दुई जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, ६ जना उपाध्यक्ष चाहिने ठाउँमा ७ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, ७ जना सचिवका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार २:१०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया