चितवनमा जारी एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले आफ्नो समूहका उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरेको छ ।
सौराहामा भइरहेको मतदानमा ओली पक्षले अध्यक्षका प्रत्यासी भीम रावल, उपाध्यक्षका घनश्याम भुसाल, सचिवका भीमप्रसाद आचार्य, टंकप्रसाद कार्कीलगायत उम्मेदवारलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडेको हो ।
बन्दसत्र हलमा वाचन गरेका नाममा मात्र भोट हाल्न भन्दै ओली पक्षले महाधिवेशन प्रतिनिधिलाई पर्चा बाँडिरहेको हो ।
मतदान अहिले पनि होटल सेभेन स्टार परिसरमा जारी छ । राति २ बजेबाट मतदानको कार्यतालिका तय भएपनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको हो ।
पहिलो मत अध्यक्षका उम्मेदवार ओलीले दिएका थिए । अध्यक्षका उम्मेदवार रावललगायतका नेताहरूले पनि सुरुवातमा मतदान गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।