एमाले महाधिवेशन : पर्साबाट चारजना केन्द्रीय सदस्यमा निर्विरोध

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा पर्साबाट चारजना निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पर्साबाट एमाले केन्द्रीय सदस्यमा अरविन्द सिंह, राजकुमार गुप्ता, निर्मला देवकोटा र प्रभु हजारा निर्वाचित भएका छन् । 

सिंह प्रदेश–२ खुलाबाट केन्द्रीय सदस्य भएका छन् भने देवकोटा खुला महिलाबाट, हजारा दलितबाट र गुप्ता प्रदेश–२ को मधेसी कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । 

चितवनको सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीमा सिंहको नाम अटाएको थिएन । तर उनी बागी उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका हुन् । 

उनी नवौं महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेर पराजित भएका थिए । सिंह घनश्याम भुसाल र योगेश भट्टराईनिकट मानिन्छन् । गुप्ता, हजारा र देवकोटा ओलीनिकटका हुन् । संविधानसभा सदस्य एवं लोकतान्त्रिक मधेशी संगठन नेपालका महासचिव तथा प्रदेश–२ कमिटी कमिटीको सदस्य रहेका गुप्ता निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । सिंहसहित प्रदेश २ बाट ६ जना एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

एमाले निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार प्रदेश–२ को खुला केन्द्रीय सदस्यमा मनोनयन दर्ता गर्नेहरू सिंहसहित उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ र सुमन प्याकुरेल छन् । उनीहरू सबै निर्विरोध भएका छन् । 

ओलीले प्रस्ताव गरेको सूचीमा प्रभु साह, राम दयाल मण्डल, महम्मद समिर, लिलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान थिए ।   





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ९:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया