भीम रावललाई ‘मत नदिनू’ भनेर गरिएको प्रचार कुनै अनौठो विषय होइन : शंकर पोखरेल

नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखरेलले भीम रावलसहितका नेतालाई ‘मत नदिनू’ भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नै नरहेको दाबी गरेका छन् । 

पार्टीको १० महाधिवेशन स्थल चितवनमा मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै उनले प्रचार बाँडिनु कुनै अनौठो विषय नभएको प्रतिक्रिया दिएका हुन् । 

अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिव पदका उम्मेदवारद्वय टंकप्रसाद आचार्य र भीम आचार्यसहितका उम्मेवारलाई ‘मत नदिनू’ भन्दै ओली समूहका नेताहरूलाई पर्चा बाँडिएको थियो । जसलाई रावलले आचारसंहिता विपरीत भएको आरोप लगाएका थिए । 

तर, निर्विरोध निर्वाचित महासचिव पोखरेलले भने महाधिवेशन प्रतिनिधिलाई बाँडिएको पर्चा अनौठो नभएको प्रतिक्रिया दिएका हुन् । 

‘होइन, त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले उम्मेदवारी दिएका कमरेडहरूले आफ्नो पक्षमा प्रचार गर्नुभएको छ । र, अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषितै छ । कुनै अनौठो कुरा होइन । घोषित प्रस्तावलाई प्रचार गरियो भन्ने कुरा अनौठो होइन’, पोखरेलले सञ्चारकर्मीसँग भने ।   
 






  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १०:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया