एमाले महाधिवेशन
भोट हाल्ने/नहाल्नेको सूची बाँडेको भनेर उजुरी आएको छैन : निर्वाचन समिति

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ । उम्मेदवारहरू मत माग्नमा व्यस्त छन् । यसबीचमा उम्मेदवार र तीनका प्रतिनिधिहरूले भोट हाल्ने र नहाल्ने उम्मेदवारहरूको सूची तयार गरेर बाँडिरहेका छन् । 

ओली पक्षको उम्मेदवारहरूले भीम रावल पक्षका उम्मेदवारलाई भोट नहाल्न सूची नै बनाएका छन् । कतिपय उम्मेदवारले निर्वाचन आचारसंहिताविपरित पर्चा पनि बाँडिरहेका छन् । 

अध्यक्ष पदका उम्मेदवार भीम रावलले आचारसंहितविपरित आफूहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको थाहा पाएपछि आपत्ति जनाएका छन् ।  

भोट हाल्ने र नहाल्ने उम्मेदवारको सूची बनाएर बाँडेको विषयमा कुनै औपचारिक उजुरी नआएको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताए ।  

‘हाम्रो परिसरमा देखेका जतिलाई निषेध गरेका छौँ र जफत पनि गरेका छौँ । बाहिर कहाँ के भइरहेको छ भनेर हामीकहाँ औपचारीक रूपमा उजुरी आएको छैन’, उनले भने । बाहिर गएर हेर्दा धेरै पर्चा बाँडेको र बदमासी गरेको नदेखिएको उनले दाबी गरे । 

भिजिटिङ कार्डको साइजमा हुने गरी प्रचारको कार्ड बनाउन दिइएको तर त्यो भन्दा ठूलो साइजलाई निषेध गरिएको उनले बताए । 






  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १०:१४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया