फेरि सँगै देखिए पूजा र आकाश

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडी टुटेको खबरले फिल्म उद्योगमा तरंग ल्यायो । प्रेम वियोगमा परेको भन्दै पूजा सार्वजनिक कार्यक्रममै रोइन् । आकाश पनि भावुक देखिए । तर यो जोडीले सँगै काम गर्न भने छाडेको छैन ।

आकाश र पूजाको जोडी पुनः ‘कहाँ जाने हो कहाँ’ बोलको गीतको म्युजिक भिडियोमा सँगै देखिएको हो । सार्वजनिक गीत मेलिना राई र प्रवीण भेडवालले गाएका हुन् । गीतमा अर्जुन पोखरेलको शब्द संगीत रहेको छ ।

माइकल चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा आकाश र पूजाको प्रेम देखाइएको छ । उत्सव दाहालको छायांकन रहेको  भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । 

भिडियोमा स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोरियोग्राफी रहेको छ ।  





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १०:२४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया