एमाले महाधिवेशन : धमाधम उठ्न थाले स्टल, बेच्न थालियो माला र खादा

एमाले १० औं महाधिवेशन बन्दसत्रस्थल बाहिर राखिएका स्टलहरू धमाधम उठाउन थालिएको छ । स्टलहरू उठ्न थालेपछि व्यापारी माला र खादा बेच्न देखिन थालेका छन् । 


 
विजयी र्‍याली हुनसक्ने आँकलन गर्दै व्यापारीहरूले खादा, माला र सिन्दुर बेच्न थालेका हुन् ।  

मतदान सकिइसकेको छ । मतदानमा २ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ९६ जनाले भाग लिएका छन् । केही बेरमा मतगणना सुरु हुँदैछ । मतगणना हुन ३ घण्टा लाग्ने बताइएको छ । योपटक अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १२:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया