एमाले महाधिवेशन : अध्यक्षमा ओलीको फराकिलो अग्रता

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मत गणनामा अध्यक्षमा केपी शर्मा ओली अगाडि छन् ।

ताजा मत परिणामअनुसार ओलीले ४०० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी भीम रावलले भने ४२ मत प्राप्त गरेका छन् ।

केहीबेर अघिबाट सुरु भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १३:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया