नवौं महाधिवेशनमा सबैभन्दा बढी भोट ल्याएका रावलले कति मत ल्याउँलान् ?

सर्वसम्मतिबाट अध्यक्ष बन्ने ओलीको चाहनामा ब्रेक लगाएका डा. भीम रावलले कति भोट ल्याउलान ? भन्ने चासो यतिबेला सर्वत्र छ ।

सौराहाको होटल सेभेन स्टारमा अहिले धमाधम मतगणना भइरहेको छ ।

निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतगणना सुरु भइसकेको छ । केही बेरपछि परिणाम आउने उनले बताएका छन् । 

अध्यक्षका प्रत्यासी डा. भीम रावलकै कारण अध्यक्षमा निर्विरोध टीका लगाएर काठमाडौं फर्कने ओलीको चाहना तुसारापात भएको हो ।

पार्टीमा लोकतान्त्रिक अभ्यास हुनुपर्छ भन्ने मत राख्दै आएका रावल आफ्नो मत परिणाम कुर्दै अहिले महाधिवेशन प्रतिनिधिसँग भेटघाट गरिरहेका छन्, सौराहाको होटल सेभेन स्टारमा । अर्का अध्यक्षका प्रत्यासी ओली भने होटल पार्क सफारीमा डेरा जमाइरहेका छन् ।

प्रारम्भिक मतगणनाअनुसार ओली र रावलको मतभिन्नता निकै देखिएको छ । सर्वसम्मतिमा लागि ठूलो प्रयास ओलीले गरे पनि अन्तिममा आएर निर्वाचन भएको हो ।



नवौं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका रावलले यो पटक कति मत ल्याउँछन् ? भन्नेमा धेरैको चासो छ ।



  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १४:३२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया