अपडेट : अध्यक्षमा ओलीले १२०० मत ल्याउँदा रावलले ल्याए ८८

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतअन्तरले अग्रता लिएका छन् ।

ताजा मतपरिणाम अनुसार अध्यक्षमा ओलीले १२०० मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी भीम रावलले ८८ मत पाएका छन् । अध्यक्षमा ओली र रावलको प्रतिस्पर्धा छ ।

चितवनको सौराहामा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् । अहिले मत गणना जारी छ ।

विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १४:३५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया