यी हुन् ओलीका १८ सारथि, पदाधिकारीमा नौजनाको डेब्यु

नेकपा एमालेको दशौँ महाधिवेशनले नयाँ नेतृत्व पाएको छ । मंगलबार बिहान सौराहाको सेभेन स्टार होटलमा भएको मतदानपछि एमालेले अबको पाँच वर्षका लागि नयाँ नेतृत्व पाएको हो । 

अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मति हुने चाहनामा उपाध्यक्ष डा. भीम रावलले ब्रेक लगाइदिए । अन्तिम समयसम्म पनि ओलीले सर्वसम्मतिको प्रयास गरे पनि सफल नभएपछि निर्वाचन भएको थियो । 

एमालेको यो महाधिवेशनले आगामी ५ वर्षका लागि अध्यक्षमा ओलीसहित १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य निर्वाचित गरेको छ । १९ जना पदाधिकारीमध्ये ५ जना सर्वसम्मत भए भने १४ जनाका लागि निर्वाचन भएको थियो । 

१९ मध्ये ९ जनाले पदाधिकारीमा डेब्यु गरेका छन् । सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा, विष्णु रिमाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ एमाले पदाधिकारीमा पहिलोपटक निर्वाचित भएका हुन् ।

जसमध्ये पाण्डे, नेम्वाङ, थापा उपाध्यक्षमा निर्वाचित भएका छन् । उपमहासचिवमा विजयी भएका रिमाल र सचिवमा विजयी भएका अर्याल, विश्वकर्मा, भट्ट, रायमाझी र महासेठ पनि पदाधिकारीमा पहिलोपटक निर्वाचित भएका हुन् ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १८:५०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया