ओलीको समापन सम्बोधन : महाधिवेशन शानदार ढंगले सफलताको बिन्दुमा पुर्‍यायौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औँ महाधिवेशन अत्यन्तै शानदार ढंगले सफलताको बिन्दुमा पुर्याएको बताएका छन् । महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उद्घाटन सत्र भव्यताका साथ सकेको तर बन्दसत्र केही प्राविधिक कारणले बिलम्ब भए तापनि नेता कार्यकर्ताको धैर्यता सफलताको बिन्दुमा पुर्याएको बताएका हुन् ।

'अत्यन्तै शानदार ढंगले सफलताको बिन्दुमा आइपुगेको छ । हामीले उद्घाटन सत्र भव्यताका साथ सक्यौँ । यो बन्दसत्र केही प्राविधिक कारणले बिलम्ब हुन गएको छ । तर, म कमरेडहरूको धैर्यतालाई सलाम गर्न चाहान्छु ' उनले भने ।

उनले निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै पार्टीलाई सही र सफल ढंगले नेतृत्व गर्न शुभकामना दिए ।

'महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई भन्न चाहान्छु । पार्टीलाई सही र सफल ढङ्गले नेतृत्व गर्न शुभकामना भन्न चाहान्छु । केन्द्रीय कमिटीका सबै कमरेडहरूलाई बधाई र शुभकामना भन्न चाहान्छु । पुराना कमरेडहरूले नयाँ कमरेडहरूलाई सिकाउने र नयाँ कमरेडहरूलाई सिक्न आग्रह गर्छु' उनले भने ।

उनले नेता कार्यकर्तालाई अध्ययनशील हुन आग्रह गरे । उनले नेताको स्वभाव शालीन हुनु पर्ने बताउँदै अहंकार र घमण्ड त्याग्नु पर्ने बताए ।

'हामी अध्ययनशील हुन जरुरी छ । कस्तो ब्यबहार अपनाउनु पर्छ । हाम्रा आनीबानी नेता झैँ हुनुपर्छ । नेताको स्वभाव शालीन हुनुपर्छ । अहंकार र नेता, घमण्ड र नेता मिल्ने कुरा हैन । हामी हरेक व्यक्ति प्रति सम्मानजनक व्यवहार गर्नुपर्छ' उनले भने ।



उनले आफूहरूमाथि बाहिर र पार्टीभित्रै बाट हमला भइरहेको भन्दै नेता कार्यकर्तालाई सचेत गराए । उनले आफ्नो पार्टीका नीतिप्रति विश्वास गर्न पनि आग्रह गरे ।

'हाम्रा नीतिप्रति हाम्रो आफ्नै विश्वास हुनुपर्छ । हामीमाथी हमला छ डरलाग्दो हमला । बहिरी हमला पनि छ, भित्री हमला पनि छ । हामीले अरु थप सफलताका लागि अघि बढ्नु छ' उनले भने ।



  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार २०:७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया