एमाले दसौं महाधिवेशनको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । चितवनको सौराहामा यो बैठक सुरु भएको हो । 

एमालेले चितवनमा आजैमात्र सकिएको महाधिवेशनबाट ३०१ जना  सदस्य रहेको केन्द्रीय कमिटी चुनेको छ ।

केही समयअघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले यी सदस्यहरुलाई सपथ खुवाएका थिए । सपथलगत्तै पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

एमालेको यो केन्द्रीय कमिटीबाट अब ९९ जना स्थायी कमिटी सदस्य छानिनेछन् ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार २०:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया