सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीबाट इजलास र पेसी

सर्वोच्च अदालतमा आजबाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आएका थिए । 

तर, पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नयाँ अभ्यास हुन लागेको हो । अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ । 

वरिष्ठताका आधारमा न्यायाधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीले नै विरोध गरेपछि नयाँ अभ्यास थालिएको हो ।

योसँगै ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीश ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चिततापछि इजलास फर्किँदै छन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ७:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया