ममाथि नै आक्रमणको प्रयास भएको थियो, तर समाचार एकपक्षीय आयो : मन्त्री सिंह

प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले एक दैनिक पत्रिकामा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

मन्त्रीको अंगरक्षकको आतंक भन्ने शीर्षकमा आएको समाचारमा आफ्नो आपत्ति रहेको बताएका हुन् ।

‘मसँग कुरा नै भएको छैन, तर मेरो भनाइ राखिएको छ,’ मन्त्री सिंहले भने, ‘समाचार एकपक्षीय छ किनकि त्यहाँ दिएको जानकारी नै गलत छ ।’ 

उनले आफ्नो अंगरक्षकको नाम रामचन्द्र महतो नरहेकोसमेत प्रस्ट पारेका छन् ।

सर्लाहीको क्षेत्र नम्बर ४ स्थित प्रदेश १ अन्तर्गतको सम्पूर्ण वडामा निर्वाचन भइसकेको समेत मन्त्री सिंहले जानकारी दिए ।

‘मेरो प्रदेशअन्तर्गतका सम्पूर्ण वडामा शान्तिपूर्ण रूपमा निर्वाचन भइसकेको छ । केही असन्तुष्ट पक्ष आफ्नो हारलाई स्वीकार गर्न नसक्दा मलाई विभिन्न आरोप लगाउने र मेरो बदनामी गर्ने कार्यमा जुटेका छन्’, मन्त्री सिंहले भने ।



उनले आफू छिट्टै प्रदेश क्षेत्र र क्षेत्रको अधिवेशन गर्न प्रयास गरिरहेको पनि बताए ।



 

  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ११:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया