तलकोट गाउँपालिकाले फेरि सेती नदीमा काठेपुल पुल निर्माण गर्ने

तलकोट गाउँपालिकाको आधा भू-भागलाई जोड्ने सेती नदीस्थित रातापानीमा निर्माण गरिएको काठेपुल बगेपछि पुनः निर्माण गरिने भएको छ । दसैंअघि ११ लाख लागतमा बनेको मोटरेबल काठेपुल २ कात्तिकमा बगेपछि पुनः निर्माण गरिन लागिएको हो । 

पुल निर्माणका लागि सल्लाको रुख काट्न वन समितिसँग कुरा भइसकेको गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले जानकारी दिए । उनका अनुसार मेसिन र इन्धन पुगेपछि पुल निर्माण गरिने छ ।

गाउँपालिका अध्यक्ष विष्टले निर्माण भएको एक हप्ता नपुग्दै सेती नदीले पुल बगेपछि ११ लाख बालुवामा पानी हालेझैं भएको बताए । ‘पुल बनेपछि यहाँका जनतालाई सजिलो हुने अपेक्षा गरिएको थियो । तर, एक साता नबित्दै नदीले बगायो । पुल बगेपछि ११ लाख रुपैयाँ बालुवामा पानी हालेझैं भइरहेको छ,’ उनले भने । 

पक्की पुल निर्माणमा ठेकेदारले लापरबाही गरेका कारण काठेपुल निर्माण गरेर गाडी गुडाउनु आफूहरूको बाध्यता भएको पनि उनले बताए । ‘जनताका लागि पक्की पुल बनाउने हाम्रो पनि इच्छा हो । तर ठेकदारले लापरबाही गर्छन्, त्यसैले पनि काठेपुल बनाउनुपर्ने बाध्यता छ,’ अध्यक्ष विष्टले भने । 

अहिले सेती नदीमा पुल नहुँदा तलकोटको आधा भू-भाग र साइपालबासी सडक सुविधाबाट बञ्चित भएका छन् ।
 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १२:५५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया