प्रचण्डले नेतृत्व गरेर ल्याएको परिवर्तनले बाह्य हस्तक्षेप ल्यायो : सीपी मैनाली

नेकपा मालेका महासचिव सिपी मैनालीले नेपालमा विदेशी हस्तक्षेप बढेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै मैनालीले विदेशी हस्तक्षेप बढेकाे बताएका छन् ।

२०४६ सालको परिवर्तन आउँदा समेत विदेशी हस्तक्षेप भित्रिएको उनको भनाइ छ । विदेशी हस्तक्षेपकै कारण अहिले देश संकटमा गएको उनकाे दाबी छ । प्रचण्डले नेतृत्व गरेर २०६३ सालमा ल्याएको परिवर्तनमा समेत बाह्य हस्तक्षेप बढेको उनले जिकिर गरे ।

जनगणतन्त्र ल्याउन नसकेको प्रचण्ड र बाबुरामहरूले अहिलेसम्म आत्मालोचना समेत गर्न नसकेको आराेप उनले लगाए । आत्मालोचना गर्न नसक्दा विदेशी एजेण्डाको भारी बोक्न बाध्य भएको उनले बताए ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १३:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया