जिग्रीले गाएको गीतमा धुमुर्स-सुन्तलीको मोडलिङ

हाँस्यकलाकार जोडी सीताराम कट्टेल र कुन्जना घिमिरे (धुमुर्स–सुन्तली) ले मंगलबार आफ्नो १४ औँ वैवाहिक वर्षगाँठ मनाए । धेरैले यो जोडीलाई शुभकामना र बधाइ दिए । 

सीतारामका भाइ कुमार कट्टेल (जिग्री) ले भने दाजु–भाउजूलाई गीत उपहार दिए ।

दाजु–भाउजूलाई उपहार दिनकै लागि कुमारले गीत गाए । ‘मायाले जीवन सजाऊँ’ बोलको गीत कुमारले गाएर धुमुर्स–सुन्तलीलाई उपहार दिएका हुन् । कुमारसँग गायिका अस्मिता अधिकारीले गायनमा साथ दिएकी छन् ।

अर्जुन पोखरेलको शब्दसंगीत रहेको गीतको म्युजिक भिडियोमा सिताराम–कुञ्जनाले अभिनय गरेका छन् । म्युजिक भिडियोमा यो जोडी प्रेमी प्रेमिकाको रूपमा प्रस्तुत भएको छ ।  

रामजी बलामीले निर्देशन गरेको म्युजिक भिडियोमा निर्देशक बलामीकै कोरियोग्राफी रहेको छ ।  





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १४:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया