सीपीजी राप्रपामा आउनुभयो भने हामी स्वागत गर्छौं : लोकेन्द्रबहादुर चन्द

पूर्वप्रधानमन्त्री तथा राप्रपा वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले नेकपा माले महासचिव सीपी मैनाली राप्रपामा आए आफूहरू स्वागत गर्न तयार रहेको बताएका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मैनाली राप्रपाको अध्यक्ष हुन खोजेको हो कि भन्ने कटाक्ष गरेपछि चन्दले पार्टीमा आए स्वागत गर्न तयार रहेको बताएका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता चन्दले मैनालीको विदेशी हस्तक्षेप बढ्यो भन्ने विषयमा सहमति जनाएका थिए । विभिन्न परिवर्तनको नाममा देशमा बाह्य हस्तक्षेप बढेको दाबी गर्दै उनले अहिलेको परिवर्तन सही नभएको बताए ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १४:२५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया