जहाँ बढी अध्यक्ष त्यहाँ समस्या : माधव कुमार नेपाल
फरकधार / १५ मंसिर, २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जुन पार्टीमा बढी अध्यक्ष छन्, तिनै पार्टीभित्र समस्या रहेको बताएका छन् । 



राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बहुअध्यक्ष भएको पार्टीमा समस्या हुने बताएका हुन् ।

उनले भने, 'राप्रपाको पनि तीनजना अध्यक्ष हुनुहुन्छ । हाम्रोमा पनि थियो दुईवटा अध्यक्ष । जहाँ बढी अध्यक्ष हुन्छन्, त्यहाँ समस्या हुन्छ । तपाईंभित्र पनि समस्या छ । त्यो समस्याको समाधान गरेर अघि बढ्नुहोला ।' 

राष्ट्रियताको विषयमा राप्रपाको अडान एकदमै जायज रहेको उनको भनाइ छ । कुनै पनि व्यक्तिले एकपाखे बन्न नहुने भन्दै उनले राष्ट्रियताका विषयमा सबै एकजुट हुनुपर्नेमा जाेड दिए ।



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १४:५८:१७,   अन्तिम अपडेट : मंसिर १५, २०७८ बुधबार १५:०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया