पहिलाे राष्ट्रिय परिचयपत्र १०१ वर्षीया भगवतीदेवीलाई

काठमाडाैं– नेपाल सरकारले अाजबाट वितरण गर्न सुरु गरेकाे पहिलो राष्ट्रिय परिचयपत्र फिदिम नगरपालिका-४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई दिइएको छ । 

पाँचथरको शहीद मञ्चमा आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले भण्डारीले राष्ट्रिय परिचयपत्र प्रदान गरे ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन पनि भण्डारीबाटै थालिएको थियो ।

राष्ट्रिय परिचय पत्र वितरणका लागि पाँचथरमा ५२ हजारभन्दा बढीको विवरण संकलन गरिएको छ । तत्कालका लागि २४ सय कार्ड वितरण गरिनेछ । आवश्यक प्रक्रिया पूरा गरेर अरुलाई क्रमशः वितरण गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । 

पाँचथरमा गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन शुरु भएको थियो । हालसम्म ५२ हजारको विवरण संकलन गरिसकेको विभागले क्रमशः सबैलाई परिचयपत्र वितरण गर्ने योजना बनाएको छ ।

सोमबार नै गृहमन्त्री थापाले पनि राष्ट्रिय परिचयपत्र लिए।



आगामी ३ वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने ;सरकारकाे योजना छ । त्यसैगरी प्रदेश २ का महोत्तरी र सप्तरी, प्रदेश ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जाका नागरिकलाई पनि यही आर्थिक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने विभागको तयारी छ ।

प्रदेश ५ को कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा पनि विभागले यही वर्ष परिचयपत्र दिने गरी काम गरिरहेको जनाएको छ ।



 

  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार १५:३८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया