एमाले महाधिवेशनभन्दा राप्रपाको महाधिवेशनमा बढी शीर्ष नेता

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन हिजो मात्र सम्पन्न भयो । मंसिर १० गतेदेखि चितवनमा सुरु भएको महाधिवेशन मतदानका कारण दुई दिन लम्बिन पुग्यो ।

१० गते उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरूको उपस्थिति थियो । एमाले महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको अनुपस्थित रहे । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरू सहभागी थिए ।

जबकि आज काठमाडौं आयोजित राप्रपाको एकता महाधिवेशनमा भने बढी शीर्ष नेताहरू सहभागी भए । आजको कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माले महासचिव सीपी मैनालीलगायतको सहभागिता रहेको छ ।

पहिलो शक्तिको रूपमा रहेको एमालेको महाधिवेशनमा प्रचण्डले जानै अस्वीकार गरेका थिए भने माधव नेपाललाई निम्ता नै दिइएको थिएन । एमालेसँग एकता गरेर अघि बढेका प्रचण्ड नेकपाका अध्यक्ष थिए । सर्वोच्चको फैसलापछि पुरानै स्थानमा फर्किएका थिए । सत्ताको लडाइँका कारण एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच अझै तालमेल हुन सकिरहेको छैन । त्यतिबेलादेखिको रोषका कारण प्रचण्डले आफ्नो गृहनगरमा आयोजित ठूलो कार्यक्रमलाई इग्नोर गरेका थिए ।

पार्टीलाई फुटाएर अलग भएका नेपालसँग त ओलीको कडै रिस छ । जसले गर्दा उनले पार्टीको रूपमा न निम्ता दिए न त नेताको रूपमा मान्न तयार भए ।



नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूबीचको झगडा तथा व्यक्तिगत इगोका कारण एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवाबाहेकका शीर्ष नेता सहभागी हुन सकेनन् । तर, आज आयोजित राप्रपाको महाधिवेशनमा भने दुवै अध्यक्ष सहभागी भए । सहभागी मात्र नभएर ओलीमाथि व्यंग गर्दै भाषण पनि गरे ।



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १६:१४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया