दोस्रो 'इन्फी किताब कार्निवल' सुरु, पुस्तकहरूमा ८० प्रतिशतसम्म छुट

नेपालमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले दोश्रो पटक 'इन्फी किताब कार्निवल २०७८' आयोजना गरिएको छ । पठन संस्कृतिको मर्मलाई मध्यनजर गर्दै नेपाली अनलाइन किनमेल साइट इन्फी स्टोरले 'इन्फी किताब कार्निवल २०७८' अभियान मंसिरको १५ गतेदेखि सुरु गरेको छ । 

यस अभियानद्वारा पढ्ने बानीको महत्त्वलाई प्रचारप्रसार गर्ने तथा प्रत्येक पाठकलाई आफ्नो पठन यात्रा सुरु गर्न प्रोत्साहन गरिने कम्पनीले बताएको छ । यो उपलक्ष्यमा इन्फीले एक लाखभन्दा बढी किताबहरू सुपथ मूल्यसहित ८० प्रतिशत छुटसम्म उपलब्ध गराउने बताइएको छ ।  सुपथ मूल्य र ८० प्रतिशतसम्मको छुटसँगै ग्राहकले हरेक दिन विभिन्न उपहार पनि जित्ने मौका पाउनेछन् ।

त्यसैगरी किताब खरिद गर्दा प्रभु पे, खल्ती र सनराइज बैकंको कार्ड प्रयोग गर्दा ग्राहकहरुले क्यासब्याक पनि प्राप्त गर्नेछन् ।

'पहिलो किताब कार्निवल २०७७ को सफलता पश्चात हाम्रा ग्राहकहरूबाट आएको समर्थन र मायाले हामीलाई यो दोस्रो अभियानको लागि पनि प्रेरित गरेको छ । यसपालीको किताब कार्निवलको लागि हामी धेरै उत्साहित छौं' कम्पनीले बताएको छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १६:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया