मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प गर्छौं : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन–आश्रितको सालिकमा माल्यार्पण गरेका छ । एमालेको दसौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएसँगै पोखरेलले बुधबार चितवनको दासढुंगामा रहेको मदन आश्रितको सालिकमा माल्यार्पण गरेका हुन् । 

जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सालिकमा माल्यार्पण गर्दै महासचिव पोखरेलले मदन–आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प गरे । बदलिँदो राजनीतिक परिवेशमा जबजको सान्दर्भिकता बढेर गएको भन्दै महासचिव पोखरेलले जबजको मर्मअनुसार नै एमाले अगाडि बढ्ने बताए । 

दसौँ महाधिवेशनस्थल सौराहाबाट दासढुंगा पुगेका पोखरेलले जनतालाई खुसी र सुखी बनाउन सके मात्र मदन–आश्रितप्रति सच्चा सम्मान हुने बताए । उक्त अवसरमा पोखरेलपत्नी एवं नेकपा एमालेकी केन्द्रीय सदस्य सुजिता शाक्यलगायतले मदन–आश्रितको सालिकमा माल्यार्पण गरेका थिए ।
 
नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते जिप दुर्घटनामा मृत्यु भएको थियो । चितवनको दासढुंगा उनीहरु चढेको जिप त्रिशूली नदीमा खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १८:५१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया