सभामुख सापकोटा बिहीबार स्वदेश फर्किंदै

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औँ सम्मेलनमा सहभागिताका हुन स्पेनमा रहेको सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय प्रतिनिधि मण्डल भोलि बिहीबार स्वदेश फर्कैंदै छ ।

सभामुख नेतृत्वको प्रतिनिधि मण्डल मंसिर १६ गते बिहीबार विहान ७ :४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएको हो ।

स्पेनको म्याड्रिडमा नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल यही मंसिर ८ गते स्पेन प्रस्थान गरेको थियो ।

सम्मेलनका क्रममा सभामुख सापकोटाले २८ नोभेम्बरमा आईपियु सभालाई सम्बोधन गरेका थिए । यसैगरी उनले २८ नोभेम्बरमै  असंलग्न आन्दोलनको सञ्जाल (नाम)  को बैठकलाई सम्बोधन गरेका थिए ।

नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रियसभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राई छन् ।

सो प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री केसी र कम्प्युटर अधिकृत सुरेशराज सेढाईं पनि सहभागी छन् ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १९:३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया