नाइजेरियामा पनि भेटिए ओमिक्रोन भेरियन्टका संक्रमित

कोरोना भाइरसको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएको नाइजेरियामा बुधबार ओमिक्रोनका पहिलो संक्रमित भेटिएका हुन ।

दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रुमध्ये एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।

नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख आइफेडायो अडेटीफाले भने, 'हामीले गरेको परीक्षणबाट नाइजेरियामा पहिलो ओमिक्रोन सङ्क्रमित भेटिएको छ ।'

उनले ती संक्रमित व्यक्तिसँग सम्पर्कमा आएकाहरूको खोजी गरी उनीहरूलाई आइसोलेसनमा राखेर परीक्षणसमेत गर्न लागिएको जानकारी दिए ।

नाइजेरियामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई हजार ९७६ जनाको मृत्यु भएको र दुई लाख १४ हजार ११३ जना संक्रमित भएको अधिकारीहरूले जनाएका छन् ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २०:१४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया