कांग्रेस महाधिवेशन : पाहुना स्वागत तथा व्यवस्थापन समितिले पायो पूर्णता

नेपाली कांग्रेसले १४औँ महाधिवेशनको स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिलाई पूर्णता दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको २८ कात्तिकको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा ‘१४ औं महाधिवेशन स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति’ गठन गरेको थियो । उक्त समितिले आज पूर्णता पाएको सचिव प्रकाश शर्माले जानकारी दिए ।

सचिव शर्माका अनुसार उक्त समितिको सदस्यमा डा. चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा. डिला संग्रौला, बालकृष्ण पाण्डे, आनन्द (गोरख) विष्ट, दिव्यमणि राजभण्डारी, राजीव बिक्रम शाह, डा. प्रभु बुढाथोकी, डा. दिनेश भट्टराई, सुशील नाहटा, दीपक महत, याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा, रामशरण थपलिया रहेका छन् । कांग्रेसले मंसिर २७ देखि २९ गते केन्द्रीय महाधिवेशन गर्दै छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २०:५४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया