नेपाल मोबाइल वितरक संघको नयाँ कार्यसमिति बनेको छ ।
काठमाडौंमा बुधबार सम्पन्न संस्थाको दोस्रो राष्ट्रिय महाधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षतामा बनेको २३ सदस्यीय कार्यसमिति चयन गरेकोे हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिवराज पहाडी र उपाध्यक्षमा सायबलाल शाह रहेका छन् ।
यसैगरी, कार्यसमिति महासचिवमा रघु त्रिपाठी, सचिवमा बाल नरसिंह कुँवर, कोषाध्यक्ष अर्जुन धौबडेल र सहकोषध्यक्ष प्रणव तोडी छानिएका छन् ।
महाधिवेशनको बन्दसत्रले पुरानो कार्यसमितिमा केही हेरफेर गर्दैै नयाँ कार्यसमिति चयन गरेको हो ।
पाँच वर्षअघि गठन भएको संस्थाको नयाँ कार्यसमितिको कार्यकाल विधानतः आगामी दुई वर्षको हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।