कांग्रेस महाधिवेशन : ६१ जिल्लाको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बुधबारसम्म ६१ जिल्लाको अधिवेशन सम्पन्न भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार सबै जिल्लाका कुल एक सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ ।

आजसम्म सबै जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको समितिले जनाएको छ । प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट औसतमा २६ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने र प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट औसतमा १८ जनाका दरले प्रदेश प्रतिनिधि चयन हुने पार्टी विधानको व्यवस्था छ । 

कांग्रेसले बिहीबारदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन प्रारम्भ गर्दै छ । कांग्रेसले यसअघि देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न गरिसकेको छ । 

जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन भने पार्टीको महाधिवेशनपछि मात्र हुने समितिले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २१:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया