नाडा अध्यक्षमा करण चौधरीको उम्मेदवारी

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आफूले दुई वर्ष नाडामा रहेर काम गर्दा अटोमोबाइलको हित विपरीत काम नगरेको बताए । उपाध्यक्ष चौधरीले अध्यक्षमा सक्षम व्यक्ति आउनुपर्ने भन्दै नेतृत्व गर्न सक्छु भन्ने विश्वासकासाथ आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए ।

उपाध्यक्ष चौधरीले आफ्नो अध्यक्षतामा १८ सदस्यीय प्यानल घोषणा गरेका छन् । जसमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणी पाठक, र गंगाराज भट्टराई रहनु भएको छ ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ८:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया