भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने मन्त्री श्रेष्ठकाे दाबी
फाइल फाेटाे

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको दाबी गरेकी छन् ।

माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा बाेल्दै उनले यस्ताे दाबी गरेकी हुन् ।

अघिल्लाे सरकारले भूमिहीनका लागि थुप्रै काम गरेकाे दाबी गरेपनि यथार्थमा त्यसाे नरहेकाे उनकाे भनाइ छ ।

मन्त्री श्रेष्ठले भूमिहीनको समस्या समाधानमा प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको आराेप पनि लगाइन् ।

माओवादी केन्द्र भाेटेकाेसी गाउँपालिका सम्मेलनले लाक्पा शेर्पाकाे अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ९:४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया