मुख्यमन्त्रीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि प्रदेशसभाको नवौं बैठक अन्त्य गरिएको छ । 

मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आह्वान गरिएको हिउँदे अधिवेशन गएराति अन्त्य गरिएको हो । उनले १४ गते संसदमा विश्वासको मत मागेका थिए । मुख्यमन्त्री शाहीले १५ गते विश्वासको मत लिएका थिए । 

हिउँदे अधिवेशनका २ वटा अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहभागी भएन । 

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १२:१६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया