नेपाली चलचित्र क्षेत्रमा 'बाघ' निर्माता भनेर चिनिएका छविराज ओझाले झण्डै चार वर्ष कुनै पनि फिल्म निर्माण गरेनन् । ओझाले नेपाली सिने उद्योगमा रेखा थापा, शिल्पा पोख्रेललगायतका नायिकालाई भित्र्याए । आफैंंले भित्र्याएका अभिनेत्रीसँग घर बसाले । घरबार टिकेन ।
रेखा थापासँगको सम्बन्धविच्छेदपछि शिल्पासँग विवाह गरेका छविले शिल्पासँगकै लफडाका कारण फिल्म निर्माण गर्न सकेनन् । सम्बन्धमा खटपट आएपछि शिल्पाले छविको सम्पत्ति रोक्का गरिदिएकी थिइन । त्यसपछि उनले चार वर्ष फिल्म निर्माण तथा घोषणा गरेनन् ।
चार वर्षपछि ओझाले चलचित्र निर्माणको तयारी थालेका छन् । नयाँ बन्न लागेको चलचित्र लामो समयदेखि सह–निर्देशकको काम गर्दै आएका नवराज शर्माले गर्ने भएका छन ।
प्रि–प्रोडक्सनको काम भइरहेको चलचित्रमार्फत चलचित्र उद्योगलाई चलायमान बनाउने उद्देश्य राखेको निर्माता ओझाले बताएका छन् । प्रेमकथामा बन्ने यो चलचित्रमा दुई अभिनेत्रीले रहने छन् । तर यो पटक चलचित्रका सम्पूर्ण कलाकार निर्देशकले छान्ने छविले बताए ।
चलचित्रमा दीपक शर्माको संगीत समावेश हुनेछ । परिस्थिति हेरेर मात्रै छायांकनमा निस्कने छविको योजना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।