ओमिक्रोन भेरियन्ट : रानी नाकामा स्क्रिनिङ सुरु

कोरोना भाइरसको ओम्रिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै रानी नाकामा स्क्रिनिङ सुरु गरिएको छ ।  विराटनगर भन्सार कार्यालयले मालवस्तु लिएर आउने मालवाहक सवारीका चालक तथा सहयोगीको स्क्रिनिङ सुरु गरेको हो ।

कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक सवारीका चालक तथा सहचालक र सहयोगीको स्क्रिनिङ सुरु गरिएको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अधिकृत अमित तिवारीका अनुसार नेपाल प्रवेश गर्ने सबै नागरिकको स्क्रिनिङको काम सुरु गरिएको छ । भन्सार क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्डबिना हिँड्डुल गर्न प्रतिबन्ध लगाइएको छ । 

भन्सार प्रशासनसँग सम्बन्धित काममा जानेहरूका लागि समेत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै कार्यकक्षमा प्रवेश गर्नका लागि अनुरोध गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १५:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया