शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि

साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल तीन अर्ब ४१ करोड ३५ लाख बराबरको ७९ लाख कित्ता शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । बैंकले आज १२ करोड ४३ लाखभन्दा बढीको कारोबार गरेको छ ।

कारोबारमा आएका उपसूचकहरूमा विकास बैंक, फाइनान्स तथा अन्य समूहमा ३ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै सूचकमा १ देखि २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयर मूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता पाँच सय सात रुपैयाँ ५० पैसा पुगेको छ भने न्यादी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता चार सय १३ रुपैयाँ १० पैसा पुगेको छ । 

यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा कर्पोरेट डेभलप्मेन्ट बैंकका लगानीकर्ता रहेका छन् । बैंकको सेयर मूल्य करिब ६ प्रतिशतभन्दा बढीले घटेको छ । 





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १६:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया