\
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४०३ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् ।
आज २०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।
आज थप ६ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।
यसैगरी देशभर हालसम्म सात हजार ४५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।