साउदी र युएईमा पनि भेटिए ओमिक्रोन भेरियन्टका संक्रमित

साउदी अरेबिया र युएईमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरूले बुधबार जानकारी दिएको छ । 

'ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ ।  उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो’ साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्वारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन् । सङ्क्रमित ती व्यक्तिलाई छुट्टै राखिएको र आवश्यक स्वास्थ्य उपायहरू दिइएको पनि बताइएको छ । 

छिमेकी राष्ट्र संयुक्त अरब इमिरेट्सले पनि आफ्नो देशमा पहिलो ओमिक्रोन केस पत्ता लागेको जनाएको छ ।  एउटी अफ्रिकी महिला अफ्रिकी देशबाट अरब देश हुँदै आएकोमा उक्त भेरियन्ट पत्ता लागेको स्वास्थ्य मन्त्रालयले ट्विटरमार्फत जानकारी दिएको छ । यो भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकाले घोषणा गरेको थियो तर पछि युरोपमा पहिले नै रहेको पत्ता लागेको छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १७:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया