मिर्जापुरका ३६ वर्षे चर्चित अभिनेताको भेटियो शव

वेब सिरिज मिर्जापुरमा ललितको भूमिकामा देखिएकाले चर्चाको शिखरमा आएका अभिनेता ब्रह्मा मिश्राको मुम्बईको आफ्नै फ्ल्याटमा शव भेटिएको छ। 

प्रहरीका अनुसार मिश्राको शव कयौं दिनदेखि यत्तिकै थियो । ३६ वर्षका मिश्राको मृत्यु के कारणले भएको हो भन्ने अहिलेसम्म खुलेको छैन । तर, उनले केही दिनअघि निकै टाउको दुखेको गुनासो गरेका थिए ।

उनले केही दिनअघि चिकित्सककहाँ पुगेर औषधी सेवन गर्न थालेको पनि बताइएको छ ।

प्रहरीले उनको शव बाथरुममा भेटिएको पनि जनाएको छ । उनको मृत्यु तीन दिनअघि नै भएको हुनसक्ने अनुमान छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार २१:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया