बेलायतमा एकैदिन थपिए ५४ हजार संक्रमित

बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । वर्ल्डमिटर डट इन्फो​को पछिल्लो तथ्यांकअनुसार बेलायतमा जुलाईपछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो । 

यही अवधिमा त्यहाँ १४१ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, गएको २४ घण्टामा अमेरिकामा १ लाख २१ हजार ४९५ जना संक्रमण पुष्टि भएको छ । त्यहाँ यो अवधिमा १ हजार १९८ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

जर्मनीमा २४ घण्टाको अवधिमा ७३ हजार र फ्रान्समा ४८ हजार व्यक्तिमा कोरोना पुष्टि भएको छ । 





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ६:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया