कक्षा १२ को नतिजा आज प्रकाशित हुने

कक्षा १२ को नतिजा शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

बोर्डको निर्णयपछि नतिजा सार्वजनिक हुनेछ ।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो ।

परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ८:५२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया