लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी बैंकले बोलायो साधारणसभा

लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । बैंकले ९ पुसमा साधारणसभा बोलाएको हो । 

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ । 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । 

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने लगागतको एजेण्डा छ ।

साधारणसभा प्रयोजनका लागि २७ मंसिरमा बुक क्लोज गर्ने बैंकले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १०:७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया