कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केही बेरअघि नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नतिजा भने केही बेरपछि हेर्न मिल्नेछ ।

‘कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ । सिष्टमा अपलोड हुँदैछ, केही समयमा हेर्न मिल्छ,’ उनले भने । 

बोर्डका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले ‘ए’ ग्रेड ल्याएका बोर्डले जनाएको छ ।

त्यस्तै, ‘बी’ प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन् । ‘बी’ ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन् । 

७५ हजार ८८ जना परीक्षार्थीले ‘सी’ प्लस ग्रेड ल्याएका बोर्डले जनाएको छ । ‘सी’ ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् । 

‘डी’ प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने ‘डी’ प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले ‘इ’ ल्याएका बोर्डले जनाएको छ ।



कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो । तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए । 



  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १०:३४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया