कांग्रेस महाधिवेशन : गण्डकीमा धमाधम मनोनयन दर्ता

नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा विभिन्न पदमा मनोनयन दर्ता सकिन लागेको छ । 

निर्वाचन कार्यतालिकाअनुसार प्रदेश सभापति, प्रदेश उपसभापति, प्रदेश महामन्त्री, प्रदेश सहमहामन्त्री र सदस्य पदमा निर्वाचन हुने भएपछि उम्मेदवारहरूले मनोनयन दर्ता गराउँदै छन् । 

गण्डकीका निर्वाचन समिति संयोजक कृष्णबहादुर थापाले मनोनयन दर्ता सकिएपछि नामावली सार्वजनिक गरिने बताए ।
 
पहिलो प्रदेश अधिवेशनबाट सभापति हुन संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशीले मनोनयन दर्ता गरेका छन् । इतर पक्षबाट शुक्रराज शर्माले मनोनयन दर्ता गराएको जोशीले बताए ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १३:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया