अपाङ्गता दिवसको अवसरमा धनुषामा निकालियो सचेतनामूलक र्‍याली

‘हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने मूल नाराका साथ शुक्रबार मनाइएको ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा धनुषामा सचेतनामूलक र्‍याली निकालिएको छ ।

जिल्लाको मिथिला विहारी नगरपालिका–१०, ठेरामा रहेको नेपाल तराई अपाङ्ग संघको संयोजनमा र्‍याली निकालिएको हो ।

ठेरा बजारबाट निस्किएको र्‍याली गाउँको विभिन्न भागको परिक्रमा गरि पुनः बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरूले ‘अपाङ्ता अधिकार सुनिश्चित गर’, ‘हामीलाई दया, माया होइन, अधिकार देऊ’ लगायतका नारा लगाएका थिए । र्‍यालीमा सहभागीहरूले सचेतनामूलक विभिन्न ‘प्ले कार्ड’हरू पनि बोकेका थिए ।

नेपाल तराई अपाङ्ग संघको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश २ का पूर्व आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले सम्पूर्ण अपाङ्गता भएकाहरूलाई उनीहरूको आवश्यकता अनुसारको सुविधा उपलब्ध गराउनु सरकारको दायित्व रहेको बताए ।

उनले अपाङ्गता भएकाको समस्याबोर सरकारले तथ्यांक संकलन गरेर समस्याको सम्बोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।



नेपाल तराई अपाङ्ग संघ धनुषाका अध्यक्ष विन्दु यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य चमेलीदेवी दास, जसपाका संयोजक सीतादेवी यादव, मिथिला विहारी नगरपालिका वड नम्बर–८ का वडाध्यक्ष जीवछ यादव, वडा नम्बर–१० का वडाध्यक्ष ललित झालयागतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।



  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १६:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया