कञ्चनपुरमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

कञ्चनपुरमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कञ्चनपुरको पूर्व–पश्चिम राजमार्गअन्तर्गत अर्जुनी ब्यारेक नजिक जन्ती बोकेर फर्किएको ट्याक्टर दुर्घटना भएको हो ।

कञ्चनपुर दैजीबाट कृष्णपुरस्थित घर फर्किरहेको से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो । १४ जना घाइते भएकामा गम्भीर अवस्थाका ३ जनाको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार कृष्णपुर नगरपालिका– ९ रैकवारका ५५ वर्षीय रनि राना, सोही ठाउँकी ६५ वर्षीया द्रोपती राना र ४४ वर्षीय रतनाकुमारी रानाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चालक रामप्रशाद रानाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दैजिमा जन्तीको भोज खाएर कृष्णपुरस्थित घर फर्किंदा दुर्घटना भएको थियो ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १९:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया