कांग्रेस महाधिवेशन : प्रदेश १ मा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश १ मा ९ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको छ ।

प्रदेश सभापतिका लागि उद्धव थापा र गुरुराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । थापा देउवा-सिटौला प्यानलबाट अध्यक्षको प्रत्यासी बनेका हुन् भने घिमिरे शेखर कोइराला प्यानलका उम्मेदवार बनेका हुन् ।

अध्यक्षका प्रत्यासी घिमिरे नेपाल विद्यार्थी संघका पूर्व सभापति हुन् भने थापाले झापा कांग्रेसको २ कार्यकाल नेतृत्व गरिसकेका छन् ।

थापालाई सभापति बनाउन संस्थापन पक्ष सहमत भएपछि कृष्णप्रसाद सिटौला समूहले प्रदेशमा देउवा समूहलाई सघाउने भएको हो ।

चार जना उपसभापति पदका लागि चार जनाको उम्मेदवारी परेको छ । जसमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझी छन् । रायमाझीले यसअघि संस्थापनबाट सभापतिमा उम्मेदवारी दिने चर्चा थियो ।

दुई जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्गाको उम्मेदवारी दर्ता भएको छ ।



खुल्ला र महिला सहमहामन्त्रीका लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ । सहमहामन्त्री महिला दुई जना र खुल्ला दुई जना रहने व्यवस्था छ ।

जसमा प्रमिला गच्छदार, मानबहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापाले उम्मेदवारी दिएका छन् ।



  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार २०:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया