भारतको पन्जाबको रुपनगर–किरत साहिब मार्गमा केही किसानहरुले बलिउड अभिनेत्री कंगना रनौटको गाडी रोकेका छन् । शुक्रबार अभिनेत्री रनौट त्यही बाटोबाट कतै जाँदै थिइन् ।
कंगनाको गाडी रोकेपछि भएको लामो ट्राफिक जाममा किसानहरुले कंगनाविरुद्ध नाराबाजी पनि गरेका थिए ।
कंगनालाई किसानहरुले आफूहरुबारे दिएको अभिव्यक्तिलाई लिएर किसानहरुले विरोध गरेका थिए । उनले माफी मागेपछि मात्र आफूहरुले छोड्ने बताएपछि कंगनाले बाध्य भएर माफी पनि मागेकी थिइन् ।
प्रहरीले निकै लामो समयसम्म किसानहरुलाई सम्झाउन कोशिस पनि गरेको थियो । तर, कंगनाले माफी नमागेसम्म किसानहरुले गाडी चल्न दिएनन् ।
किसानहरुको अगाडि केही सिप नलागेपछि कंगनाले अन्ततः माफी मागेकी छिन् ।
यसअघि किसानहरु आन्दोलनमा हुँदा कंगनाले उनीहरुले ५० रुपैयाँ लिएर आन्दोलनमा आएको आरोप लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।