महामन्त्रीको दाबी छाडेर प्रदेशमा पुगेका गुरुराज घिमिरे कति बलियो ?

नेपाली कांग्रेसको राजनीतिमा पछिल्लो समय युवा पुस्ताको हस्तक्षेप बलियो देखिन थालिएको छ । अहिले चर्चामा रहेका यी युवा नेताहरुमध्ये एक हुन्, गुरुराज घिमिरे । 

केही समयअघि जब नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चर्चा चल्न थाल्यो, घिमिरेले महामन्त्रीका रुपमा आफूले दाबी गर्ने बताएका थिए । 

पछिल्लो समय विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेलले महामन्त्रीमा दाबी गर्दा घिमिरेको दाबीलाई पनि स्वभाविक रुपमा लिइएको थियो । तर, अब घिमिरे यो दौडबाट बाहिर निस्किएका छन् । उनी त कांग्रेस प्रदेश १ सभापतिको उम्मेदवार भएका छन् । विराटनगरमा शनिबार हुने प्रदेश अधिवेशनमा उनी जित्छन् या हार्छन्, त्यो अनुमान अहिले नै हुन थालिसकेको छ ।

संस्थापन इतर पक्ष वा रामचन्द्र पौडेल समूहबाट प्रदेश १ सभापतिमा उम्मेदवार भएका घिमिरेलाई चुनौति दिएका छन्, उद्धव थापाले ।

थापालाई कांग्रेस नेता सिटौलाको साथ र सहयोग रहेको छ । उनले सिटौलाको साथ र सहयोगमा नै प्रदेश १ सभापतिमा उम्मेदवारी दिन लागेका पनि हुन् । यसका साथसाथै उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाको पनि साथ रहेको छ ।

प्रदेश १ मा पछिल्लो समय कोइराला परिवारभन्दा बढी बलियो देखिएका छन्, सिटौला । सिटौला बलियो भएकाले नै हुनुपर्छ, यो प्रदेशमा देउवाले समेत उनलाई समर्थन गर्ने भएका छन् । त्यसो त कांग्रेसको महाधिवेशनमा पनि सिटौला र देउवा सँगै हुनसक्ने अनुमान गर्न थालिएको छ ।



प्रदेशमा सिटौला पक्षका उम्मेदवार थापा भएकाले र उनलाई देउवाले पनि समर्थन गरेकाले घिमिरेलाई प्रदेश सभापति बन्न निकै कठीन भएको आँकलन गरिएको छ ।



  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार २१:१५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया