आज सन् २०२१ को अन्तिम सूर्यग्रहण, देखिने छैन नेपालबाट

शनिबार अर्थात् आज अंग्रेजी वर्षअनुसार सन् २०२१ को अन्तिम सूर्यग्रहण हुँदैछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो सूर्यग्रहण पृथ्वीको दक्षिणी गोलार्धका विभिन्न ठाउँबाट देखिने छ ।

तर, यो ग्रहण नेपालबाट देखिने छैन । नेपाल पृथ्वीको दक्षिणी गोलार्धमा नभएकाले यो सूर्यग्रहण नेपालबाट नदेखिने भएको हो ।

जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँछ, तब सूर्यग्रहण हुन्छ । चन्द्रमाले पृथ्वीबाट देखिने ग्रहणलाई पूर्णरुपमा वा आधा वा केही अंश मात्र पनि छोपेको हुनसक्छ ।

आजको सूर्यग्रहण दक्षिण अफ्रिका, लेसेथो, नामिबिया, चिली, न्युजिल्यान्ड, अष्ट्रेलियाबाट देख्न सकिन्छ । 

नासाले आफ्नो लाइभ स्ट्रिममा पनि यो सूर्यग्रहणको लाइभ फिड गर्ने जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार ६:४९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया