कांग्रेस महाधिवेशन : गण्डकीमा मतदान सुरु, जोशी र शर्मा प्यानलबीच भिडन्त

नेपाली कांग्रेसको गण्डकी प्रदेशमा मतदान सुरु भएको छ । प्रदेश सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित सदस्यहरूका लागि मतदान भर्खरै सुरु भएको हो।

प्रदेश निर्वाचन समिति संयोजक कृष्णबहादुर थापाले दिएको जानकारी अनुसार पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा मतदान सुरु भएको हो ।

प्रदेश समितिका लागि दुईवटा प्यानल खडा भएको छ । संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशी र इतरबाट शुक्रराज शर्मा नेतृत्वको प्यानल चुनावी मैदानमा छ । दुवै पक्षबीच चर्को प्रतिस्पर्धा हुने ठानिएको छ । यसअघि शुक्रबार त्यहाँ मनोनयन दर्ता भएको थियो। 

बिहीबार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १०:११:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया